मृत अवस्थामा तीन जना फेला
काठमाडौं। नवलपरासी (पूर्व) मध्यबिन्दु नगरपालिका-४ स्थित नारायणी इँटाभट्टामा काम गर्ने सोही नगरपालिका-११ दुवार्दा घर भएका ४२ वर्षीय मित्र बहादुर कुमाल सोही ठाउँस्थित उल्टिखोलामा मृत अवस्थामा फेला परेका छन्।

नुहाउन जान्छु भनी निस्केका उनी अबेरसम्म नआएपछि स्थानीयले खोजी गर्ने क्रममा मृत फेला परेका हुन्।

यसैगरी मध्यबिन्दु नगरपालिका-६ बस्ने ५१ वर्षीया सिता पौडेल आफ्नै घरदेखि करिब ५ सय मिटर टाढा खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छन्।

दाङको घोराही उपमहानगरपालिका-१२ जगल्टे बस्ने ६५ वर्षीय मान बहादुर खड्का घर निजिकै कुलोमा डुबेर मृत अवस्थामा फेला परेका छन्।

घरबाट मंगलबार सामान किन्न निस्केका उनी साँझसम्म नआएपछि खोजी गर्ने क्रममा उक्त कुलोमा बुधबार मृत फेला परेका हुन्।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्