मोरङ। अवैध रूपमा भारततर्फ चोरी निकासी गर्दै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ६ हजार २५० केजी हरियो मटरसहित को.१ ख ४८८७ नम्बरको मिनीट्रकलाई धनपालथान गाउँपालिका-२ पौठाबाट बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ।
उक्त स्थानमा हरियो मटरको अवैध रुपमा चोरी निकासी भइरहेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी मायागंजबाट खटिएको प्रहरीलाई देखेर मिनीट्रक नै छाडेर चालक फरार भएका थिए। त्यसपछि प्रहरीले उक्त ट्रक सहितको सामान नियन्त्रणमा लिएको हो ।
बरामद हरियो मटरसहितको ट्रक आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। ्
हरियो मटर धनपालथान गाउँपालिका-२ बस्ने दिलिप साहको रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। हाल फरार दिलिप साह र मिनी ट्रकका चालकको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" /> मोरङ। अवैध रूपमा भारततर्फ चोरी निकासी गर्दै गरेको करिब ५ लाख रुपैयाँ मूल्य बराबरको ६ हजार २५० केजी हरियो मटरसहित को.१ ख ४८८७ नम्बरको मिनीट्रकलाई धनपालथान गाउँपालिका-२ पौठाबाट बुधबार राति प्रहरीले नियन्त्रणमा लिएको छ।उक्त स्थानमा हरियो मटरको अवैध रुपमा चोरी निकासी भइरहेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी मायागंजबाट खटिएको प्रहरीलाई देखेर मिनीट्रक नै छाडेर चालक फरार भएका थिए। त्यसपछि प्रहरीले उक्त ट्रक सहितको सामान नियन्त्रणमा लिएको हो ।

">