बलात्कार गरेको आरोपमा एक जना पक्राउ
<p style="text-align: justify;">सुनसरी। सुनसरी देवानगञ्ज–२ बस्ने २५ वर्षीय बालकृष्ण यादवलाई १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">मंगलबार राति जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">सोही घटनामा संलग्न फरार रहेका सोही ठाउँ बस्ने २५ वर्षीय प्रदिप यादवको प्रहरीले खोजी गरिरहेको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>