काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताएका छन्।

बनेपा नगरपालिका–४ नालास्थित चण्डेश्वरी माविको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उनले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने उल्लेख गरे।

“मित्रता मित्रता हो, माटो माटो हो, वर्तमान सीमा सम्बन्ध हाम्रो सार्वभौमसत्तासँग सम्बन्धित विषय हो, सार्वभौमसत्ता सट्टापट्टाको विषय बन्न सक्दैन”, मन्त्री बाँस्कोटाले भने। सीमा विवादले सरकारको ‘मन’ दुःखेको उनको भनाइ थियो। “छिमेकीले नक्शा जारी गरेको छ, सीमा मिचिएको छ, सरकारले अस्वीकार गरेको छ, हामी त्यो स्वीकार्न सक्दैनौँ”, मन्त्री बाँस्कोटाले भने।

सरकार सीमा विवादका विषयको छलफलमा गम्भीरतापूर्वक जुटेको मन्त्री बाँस्कोटाले बताए। “सरकार प्रमाण खोजेर त्यस आधारमा यथोचित निष्कर्षमा पुग्नेछ”, उनले भने, “सरकार राष्ट्रिय सहमति कायम गरी भारतसँग कूटनीतिक रुपमा छलफल गर्ने पक्षमा छ।” उनले सत्यको अघि झुट नटिक्न बताए। “न्यायको अघि बल टिक्दैन, तागत टिक्दैन, त्यसैले सत्य र न्यायको लडाइँले जित्छ, जित्नेछौँ”, उनले भने।

मन्त्री बाँँस्कोटाले जुनसुकै देशका लागि आफ्नो सार्वभौमसत्ता प्रिय हुने बताए। “सार्वभौमसत्ता चीन र भारतको ठूलो, नेपालको सानो भन्ने हुँदैन, हाम्रो हक–अधिकार, हाम्रो सीमा ऐतिहासिक प्रमाणका आधारमा निर्धारण गरी छोड्छौँ”, उनले थपे।

वर्तमान सरकार हिजोको जस्तो सीमा मिचिसक्यो भनेर मुन्टो लुकाउने पक्षमा नभएको उनको भनाइ छ। करीब दुई प्रतिशत सीमा समाधान हुन बाँकी रहेको स्मरण गर्दै मन्त्री बाँस्कोटाले चीनसँग पनि सानो विवाद भएको भन्ने सुनिएको बताए।

मन्त्री बाँस्कोटाले समय समयमा सीमा विवाद आइरहेको स्मरण गर्दै सरकार एकतापूर्वक राष्ट्र र स्वाभिमान कायम राख्न दृढ रहेको दाबी गरे। “कसैको लहैलहैमा लागेर वीर गोर्खाली भनेर एकैचोटि तरबार झिक्न मिल्दैन, सोचेर, प्रमाणसहित जानुपर्छ”, उनले भने।  –रासस

" /> काभ्रेपलाञ्चोक। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताएका छन्।

"> सञ्चारमन्त्री बाँस्कोटा भन्छन्– मित्रताको सम्बन्ध सीमासँग सट्टापट्टा हुँदैन : Dekhapadhi
सञ्चारमन्त्री बाँस्कोटा भन्छन्– मित्रताको सम्बन्ध सीमासँग सट्टापट्टा हुँदैन

प्रतिक्रिया दिनुहोस्