भक्तपुर। चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१५ प ७२६५ नम्बरको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर-चाँगु सडकमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ।
स्कुटरको ठक्करबाट भक्तपुर नगरपालिका-२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।
हिजो दिउँसो स्कुटरको ठक्कर दिँदा घाइते भएकी सुवालको भक्तपुर अस्पताल लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राति न्यूरो अस्पताल बाँसबारीमा लगिएको थियो।
प्रहरीका अनुसार उपचारकै क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए। स्कुटर चालक चाँगुनारायण नपा-६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ। रासस
" /> भक्तपुर। चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३-०२-०१५ प ७२६५ नम्बरको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर-चाँगु सडकमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ।स्कुटरको ठक्करबाट भक्तपुर नगरपालिका-२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

">