काठमाडौं। भारतका योगगुरु रामदेवले पतञ्जली आयुर्वेदद्वारा निर्मित कोरोनिलले कोरोना ठीक पार्ने पुनः दाबी गरेका छन्। यसको दैनिक माग १० लाख प्याकेट रहेको पनि उनको दाबी छ। कोरोनिलबारे रामदेवको दाबीको यसअघि नै निकै विरोध भएको थियो। त्यसपछि उनले कोरोनिलले मानिसमा इम्युनिटी (रोग प्रतिरोध क्षमता) बढाउने बताएका थिए।
रामदेवले हिजो हरिद्वारस्थित उनको कम्पनीले कोरोनिल बनाएरै नभ्याएका बताए। अहिले कम्पनीले दैनिक एक लाख प्याकेटमात्रै बनाउने गरेको छ। ‘‘अहिले कोरोनिल दैनिक १० लाख प्याकेट माग छ। हामी केवल लाख प्याकेट उत्पादन गर्न सक्छौं,’’ रामदेव दाबी गर्छन्।

पतञ्जलीले यसको मूल्य प्रतिप्याकेट ५०० रूपैयाँ तोकेको छ। उनी भन्छन्, ‘‘महामारीका बीच हामीले यसको मूल्य पाँच हजार राख्दा पनि बिक्छ र सजिलै पाँच अर्ब कमाउन सक्छौं। तर हामी त्यसो गर्दैनौं।’’ रामदेवले हिजो उद्योग संस्था एसोचेमद्वारा आयोजित कार्यक्रमलाई भिडिओ सम्बोधन गर्ने क्रममा कोरोनिलको प्रचार गरेका हुन्।
यसअघि पनि उनले जुन महीनामा कोरोनिलले कोरोना ठीक गर्ने दाबी गरेका थिए। तर, आयुष मन्त्रालयले कोरोनिल बेच्न प्रतिबन्ध लगाएको थियो। केही दिनपछि मन्त्रालयले कोरोनिललाई कोरोनाको औषधि भनेर बेच्न नपाउने, तर इम्युनिटी बढाउने औषधिका नाममा बेच्न पाउने स्वीकृति दिएको थियो।
रामदेवले भने, ‘‘हामीले स्वदेशी गाईको घ्युको मात्रै १३००–१४०० करोडको वार्षिक ब्रान्ड बनाएका छौं।’’ पतञ्जली समूहको अनुमानित कारोबार १० हजार ५०० करोड भारु रहेको बताइन्छ। (एजेन्सी)
" /> काठमाडौं। भारतका योगगुरु रामदेवले पतञ्जली आयुर्वेदद्वारा निर्मित कोरोनिलले कोरोना ठीक पार्ने पुनः दाबी गरेका छन्। यसको दैनिक माग १० लाख प्याकेट रहेको पनि उनको दाबी छ। कोरोनिलबारे रामदेवको दाबीको यसअघि नै निकै विरोध भएको थियो। त्यसपछि उनले कोरोनिलले मानिसमा इम्युनिटी (रोग प्रतिरोध क्षमता) बढाउने बताएका थिए।रामदेवले हिजो हरिद्वारस्थित उनको कम्पनीले कोरोनिल बनाएरै नभ्याएका बताए। अहिले कम्पनीले दैनिक एक लाख प्याकेटमात्रै बनाउने गरेको छ। ‘‘अहिले कोरोनिल दैनिक १० लाख प्याकेट माग छ। हामी केवल लाख प्याकेट उत्पादन गर्न सक्छौं,’’ रामदेव दाबी गर्छन्।

">