मकवानपुर। गएराति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुखहरू ढलेका छन्।
हुरीबतासले राजपथको शिखरकोट–दामन खण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौँ उतीसका रुख ढलेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले बताए।
रुख ढलेर सडक नै छेकिएपछि मध्यराति केहीबेर यातायात अवरुद्ध भएको थियो। सवारी चालक र सहयोगीहरूले ढलेका रुख पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको थियो। आज बिहान सडक विभागका स्थानीय कर्मचारीले सडकमा ढलेका रुख हटाएपछि सडक पूर्णरूपमा सञ्चालनमा आएको छ। रासस
" /> मकवानपुर। गएराति वर्षासँगै चलेको हुरीबतासका कारण त्रिभुवन राजपथको दामन नजिकैको जङ्गलमा दर्जनौँ ठूला रुखहरू ढलेका छन्।हुरीबतासले राजपथको शिखरकोट–दामन खण्डको नयाँगाउँ भन्ने स्थानमा दर्जनौँ उतीसका रुख ढलेको स्थानीय ऋषेश्वर सामुदायिक वन उपभोक्ता समितिका सदस्य राजकुमार पन्थले बताए।

">