भक्तपुर। आज बिहान चार बजे, मध्यपुर ठिमी नगरपालिका–२ स्थित दिव्यश्वरी प्लानिङमा साग चोरेको भनेर एक युवकलाई स्थानीयवासीले समाते। नजिकै रहेका एक पसेले साग चोर्दै गरेको देखेपछि उनलाई समातेका थिए। चोरीमा संलग्नलाई कानूनी कारबाहीका लागि प्रहरीमा बुझाउनुपर्ने हो तर, स्थानीयवासीले ती युवकलाई हात बाँधेर कुटपिट गरे। त्यसपछि उनलाई नजिकै रहेको बिजुलीको खम्बामा बाँधेर समेत कुटपिट गरे।
घटनास्थल पुगेका प्रहरीले पनि न ती युवाको उद्धार गरे न स्थानीयलाई कुट्नबाट रोके। बिहान करीब साढे ६ बजेतिर घटनास्थलमा प्रहरी हवल्दार सी. लामा पुगेका थिए। ती हवल्दारले चोरीमा संलग्न रहेका भनिएका युवाको उद्धार गरेनन्। बाँधेर नराख्नसम्म भने। तर, उनकैसामु स्थानीयवासीले बिजुलीको खम्बामा दुवै हात उल्टो पारेर बाँधिदिए। प्रहरीकैसामु मुख र शरीरमा मुक्का हानिरहे।

स्थानीयवासीका अनुसार यसअघि पनि तीन/चारजनाको खेतबाट साग चोरी भएको थियो। “पहिला पनि यी चोरले हाम्रो खेतबाट साग चोर्थे, आज समातिए, यसलाई यत्तिकै छाड्नु हुन्न”, एक स्थानीयले भने, “साग चोर्ने यी मान्छे मात्र होइनन्, यिनको गिरोह नै छ, एकजना ट्याक्सी चालक पनि चोरको सम्पर्कमा छन्।”

उनको सम्पर्कमा रहेका अरु व्यक्तिबारे खोजी गर्नुपर्ने र नियन्त्रणमा लिइएका व्यक्तिले उनीहरूको बारे नबताएसम्म नछोड्ने स्सथानीयवासीले माग राखे।
कालिकोट दहिखोला–६, ठेगाना बताउने ती युवकले आफू गत मंसिरमा काठमाडौं आएको बताए। “ज्यामीको काम गर्थेँ, लकडाउन भएपछि घर फर्किन पाइएन, पेट पाल्न निकै गाह्रो भो” उनले भने, “मैले खाना माग्दा कसैले खाना दिएनन्, खाना माग्दा...(अपशब्द) खाने भन्दै हप्काए।”

यसअघि आफूले तीनपटक साग चोरेको र कोटेश्वरमा बेच्ने गरेको उनले स्थानीयवासीको अगाडि स्वीकार गरे। “पेट पाल्न चोरी गर्न बाध्य भएँ, मलाई छाडिदिनुस्, म अब काठमाडौं नै छाडिदिन्छु”, उनी भन्दैथिए।
महानगरीय प्रहरी वृत्त सानोठीमीका प्रहरी सहायक निरीक्षक नवराज थापाले भने अहिले ती युवाको उद्धार गरिसकेको बताए। “हामीले केहीबेरमै उद्धार ग¥यौँ, स्थानीयको भिडभाड थियो, पछि भ्यान लिएर पुगेका थियौं”, असई थापाले भने।
ती युवाको सम्पर्कमा अरु व्यक्ति भए/नभएकोबारे खोजी भइरहेको र कसूर अनुसारको सजाय हुने असई थापाले बताए।
तस्वीर साैजन्य : जीवन श्रेष्ठ।
" /> भक्तपुर। आज बिहान चार बजे, मध्यपुर ठिमी नगरपालिका–२ स्थित दिव्यश्वरी प्लानिङमा साग चोरेको भनेर एक युवकलाई स्थानीयवासीले समाते। नजिकै रहेका एक पसेले साग चोर्दै गरेको देखेपछि उनलाई समातेका थिए। चोरीमा संलग्नलाई कानूनी कारबाहीका लागि प्रहरीमा बुझाउनुपर्ने हो तर, स्थानीयवासीले ती युवकलाई हात बाँधेर कुटपिट गरे। त्यसपछि उनलाई नजिकै रहेको बिजुलीको खम्बामा बाँधेर समेत कुटपिट गरे।घटनास्थल पुगेका प्रहरीले पनि न ती युवाको उद्धार गरे न स्थानीयलाई कुट्नबाट रोके। बिहान करीब साढे ६ बजेतिर घटनास्थलमा प्रहरी हवल्दार सी. लामा पुगेका थिए। ती हवल्दारले चोरीमा संलग्न रहेका भनिएका युवाको उद्धार गरेनन्। बाँधेर नराख्नसम्म भने। तर, उनकैसामु स्थानीयवासीले बिजुलीको खम्बामा दुवै हात उल्टो पारेर बाँधिदिए। प्रहरीकैसामु मुख र शरीरमा मुक्का हानिरहे।

">