काठमाडौं। कोरोना महामारीले दुबईलाई आर्थिक रूपमा निकै दुब्लो पारिदिएको छ।
यो वर्षको पहिलो ६ महीनामा त्यहाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अघिल्लो वर्षको यही अवधिको तुलनामा ७४ प्रतिशत घटेको छ।
दुबई मध्यपूर्वको वित्तीय तथा अन्य कारोबारको केन्द्र हो। दुबई सरकारका अनुसार पछिल्लो ६ महीनामा ३० जुनसम्म त्यहाँ १२ अर्ब दिराम लगानी आएको छ।
सरकारले अघिल्लो वर्षको आँकडा खोलेको छैन। तर, रोयटर्सका अनुसार अघिल्लो वर्षको पहिलो ६ महीनामा एफडीआई ४६ अर्ब दिराम आएको थियो।
दुबई इन्भेन्सटमेन्ट एजेन्सीको सीईओ फहद अल-जरगावी कोरोना भाइरसका कारण ‘सप्लाई चेन’ पूर्ण रुपमा बिग्रिएको बताउँछन्।
कारोबार बन्द छ, मानिसको आवागमन बन्द छ यस्तोमा वितरण संयन्त्रले काम गर्न नसक्ने उनको भनाइ छ। तर उनी भविष्यलाई लिएर भने विश्वस्त छन्।
कोरोना नियन्त्रणका लागि दुबईमा पनि अन्यत्रजस्तै लकडाउन गरिएको थियो। यही कारण अर्थतन्त्र र कारोबार सहज हुन सकेन र त्यसको असर अहिले परिरहेको छ।
संयुक्त अरब इमिरेटमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ६१ हजार ३५२ छ भने ३५१ को मृत्यु भइसकेको छ। उक्त मुलुकले कहाँ र कुन तहमा कोरोना फैलिएको छ भन्ने बारे कुनै पनि तथ्यांक सार्वजनिक गरेको छैन।
(बीबीसी)
" /> काठमाडौं। कोरोना महामारीले दुबईलाई आर्थिक रूपमा निकै दुब्लो पारिदिएको छ।यो वर्षको पहिलो ६ महीनामा त्यहाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अघिल्लो वर्षको यही अवधिको तुलनामा ७४ प्रतिशत घटेको छ।

">