कैलाली। टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा छन्। जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाएका छैनन्। मल अभावमा धानको उत्पादन घटे परिवारमा भोकमरीको सङ्कट आउने चिन्ताले मल खोज्न दैनिक कृषि सहकारी, बजार धाइरहेका छन्।
कैलालीमा कतै नपाएपछि बर्दियाको गुलरियाबाट एक क्विन्टल मल ल्याएर अलिअलि छर्ने योजना बनाएको लक्ष्मीले बताए। “दुई सातादेखि मल खोजिरहेको छु, मल नपाउँदा निकै पीडा भएको छ”, उनी भन्छन्, “बर्दिया गएर मल ल्याए तर त्यतिले पुग्दैन।”
टीकापुर–७ सत्तीका धना तिमिल्सिनाले पनि युरिया मल पाएकी छैनन्। मलकै लागि धनगढीसम्म बारम्बार सोधपुछ गर्दा पनि मल नपाएपछि दिक्क छन्। अहिलेसम्म युरिया मल पाइने सम्भावना नदेखिएको उनको गुनासो छ। धान उत्पादन बढी लिन किसानलाई मल, सिँचाइ अनिवार्य चाहिन्छ।
“मल नपाए यस वर्ष धान उत्पादन घट्ने निश्चित हो। उत्पादन घटे परिवारलाई वर्षभरि खानै पुग्दैन”, तिमिल्सिना भन्छिन्, “देशभित्र युरिया मल छैन भने सीमापारिबाट भए पनि ल्याउने व्यवस्था मिलाउनु आवश्यक छ। अघिल्ला वर्ष हामी भारतबाट मल ल्याउँथ्यौँ।”
धान उत्पादन बढाउन युरिया आवश्यक भए पनि समयमा उपलब्ध नहुँदा बर्दिया र कैलालीका सीमावर्ती बजार धाउनुपर्ने बाध्यता छ। किसानले स्थानीय तहलाई समयमै किसानलाई मल उपलब्ध गराउनुपर्ने र नसके अन्य सम्भावना खोजी गरी मल ल्याउन दिनुपर्ने किसानको माग छ।
धानमा हाल्ने बेला युरिया मल नपाउनु किसानलाई मात्रै समस्या नभई कृषि क्षेत्रमै असर पार्छ। समयमै सहजरुपमा मल उपलब्ध गराउन स्थानीय सरकारले सहयोग गर्नुपर्ने माग छ। सहजताको लागि टीकापुर नगरपालिकाले विभिन्न तह र निकायसँग समन्वय गरिरहेको टीकापुर नगरपालिकालका नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताए।
“मल अभावमा किसानलाई सास्ती भएको छ”, नगर प्रमुख रावल भन्छन्, “हामीले धेरैतिर पहल गरेका छौँ, हाम्रो काम समन्वय र पहल गर्ने हो, मल नपाए उत्पादनमा कमी मात्र नभई किसानलाई दुःख भएको छ।” दुर्गा देवकोटा/रासस
" /> कैलाली। टीकापुर बनगाउँका किसान लक्ष्मीप्रसाद चौधरी केही दिनदेखि युरिया मलको खोजीमा छन्। जहाँ–जहाँ मल पाइन्छ भन्ने सुन्यो त्यतैत्यतै दौडिएका लक्ष्मीले कतै मल पाएका छैनन्। मल अभावमा धानको उत्पादन घटे परिवारमा भोकमरीको सङ्कट आउने चिन्ताले मल खोज्न दैनिक कृषि सहकारी, बजार धाइरहेका छन्।कैलालीमा कतै नपाएपछि बर्दियाको गुलरियाबाट एक क्विन्टल मल ल्याएर अलिअलि छर्ने योजना बनाएको लक्ष्मीले बताए। “दुई सातादेखि मल खोजिरहेको छु, मल नपाउँदा निकै पीडा भएको छ”, उनी भन्छन्, “बर्दिया गएर मल ल्याए तर त्यतिले पुग्दैन।”

">