दमौली। तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटार हुँदै वडा नम्बर ६ सम्म पुग्ने झापुटार-चालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ। गत २९ असार र त्यसपछि परेको वर्षापछि आएको पहिरोले उक्त सडक अवरुद्ध भएको हो।
पहिरोले पाँच ठाउँमा ठूला-ठूला ढुङ्गा झरेको छ भने लेदो माटो जम्मा भएको ऋषिङ-४ का वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए।
अधिकांश ठाउँको पहिरो हटाइसकिएको र अब एक ठाउँको मात्रै हटाउन बाँकी छ।
“झापुटारबाट ठूलो मेशिनको प्रयोग गरेर बाटो सफा गरिए पनि ठाउँ-ठाँउमा पानीको निकास मिलाउनुपर्ने भएकाले बाटो पुनःसञ्चालन गर्न समय लागेको हो”, उनले भने।
तीन सातादेखि पहिरोले सडक अवरुद्ध हुँदा सवारीमार्फत गाउँ जाने सर्वसाधारणलाई समस्या भएको छ। रासस
" /> दमौली। तनहुँको ऋषिङ गाउँपालिका-१ झापुटार हुँदै वडा नम्बर ६ सम्म पुग्ने झापुटार-चालिसे सडक तीन हप्तादेखि अवरुद्ध भएको छ। गत २९ असार र त्यसपछि परेको वर्षापछि आएको पहिरोले उक्त सडक अवरुद्ध भएको हो।पहिरोले पाँच ठाउँमा ठूला-ठूला ढुङ्गा झरेको छ भने लेदो माटो जम्मा भएको ऋषिङ-४ का वडाध्यक्ष भोजराज रानाभाटले जानकारी दिए।

">