ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
<p>काठमाडाैै। ट्रकको ठक्करबाट पश्चिम चितवनमा आज साँझ एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका- २५ अमृत चोकका ६० वर्षीय लक्ष्मण महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।</p>
<p>जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार जप्काबाट ज्योतिनगरतर्फ जाँदै गरेको ना४ख ७३६७ नम्बरको ट्रकले पैदलयात्री महतोलाई साँझ ५:३० बजे ठक्कर दिएको थियो।</p>
<p>ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो। उनलाई ठक्कर दिने ट्रक र चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
