रूसले उद्धार टोली लेबनान पठाउने
काठमाडौं। लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विस्फोटमा परेकाहरूको खोजी कार्यमा सहयोगाका लागि उद्धार टोली पठाउने भएको छ।

१०० जनाभन्दा बढीको एकै पटक ज्यान लिने गरी भएको विस्फोटपछि रूसले आकस्मिक मानविय सहयोग गर्ने घोषणा गरेको हो।

रूसले उद्धार टोलीका साथमा मोबाइल ल्याब र अस्पताल पनि बेरुत पठाउने सिन्ह्वाले बताएको छ।

हिजो बेरुतको बन्दरगाह नजिक विस्फोटक सामग्रीको गोदामा भएको विस्फोटमा परी १०० भन्दा बढीको मृत्यु भएको छ भने ४ हजार बढी घाइते भएका छन्।

रूसले छिट्टै उद्धार टोली पठाउने र यसबारे दुई देशबीच छलफल सुरु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्