डु‌ंगा डुब्दा ब‌ंगलादेशमा कम्तीमा १७ जनाको मृत्यु
देशको राजधानी ढाकादेखि १५८ किलोमिटर टाढा पर्ने नेट्रोकोना जिल्लामा भएको दुर्घटनामा परी एकजना अझै बेपत्ता छन्।
“दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव हामीले ल्याएका छौँ, अर्का एकजनाको खोजी भइरहेको छ,” जिल्लाका एकजना प्रहरी प्रमुख एकेएम मोनिरुल इस्लामले भने।
उनले खराब मौसमका कारण बुधबार मध्याह्नको समयमा डुङ्गा दुर्घटना भएको पनि सञ्चारकर्मीलाई जानकारी दिए।
दुर्घटनामा परेको डुंगामा ४८ जना यात्रु रहेका थिए । तीमध्ये ३० जना यात्रु पौडिएर बाँच्न सफल भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्