पाकिस्तानमा जमात-ए-इस्लामिक जुलुसलाई लक्षित गरी बम विस्फोट

काठमाडौं। पाकिस्तानको कराचीमा हिँडिरहेको जमात-ए-इस्लामिक जुलुस नजिक भएको र्क्याकर बम विस्फोटमा परी केही व्यक्ति घाइते भएका छन्।

गुल्सान-ए-इक्बल एरियामा भइरहेको जुलुसमा समावेश भएको एक ट्रक नजिकै विस्फोट भएको र दुई जना गम्भीर घाइते भएको अधिकारीले बताएका छन्।

रेस्क्यु टोलीका अधिकारीले भनेअनुसार “अपरिचित व्यक्तिहरू मोटरसाइकलमा आएर ग्रिनेड फालेर फरार भएका” थिए।

बेत-उल-मुकारम मस्जिद नजिकै भएको त्यो विस्फोटका कारण नजिकैका घरका झ्याल तथा कारहरूमा क्षति पुगेको छ।

PAKISTAN:

"Kashmir Solidarity" rally of Pakistani Islamist party Jamaat-e-Islami targeted in grenade attack in Karachi city's Gulshan-e-Iqbal area. At least 10 injured. Jamaat-e-Islami says the rally will continue. pic.twitter.com/GtpMWYmiCU

— FJ (@Natsecjeff) August 5, 2020

प्रतिक्रिया दिनुहोस्