मानव बेचबिखन मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एक जना फरार अभियुक्त पक्राउ परेका छन्।

सिन्धुपाल्चोकको चौतारा नगरपालिका-१ घर भई काठमाडौंको गोकर्णेश्वर नगरपालिका-३ बस्नेत गाउँ बस्ने ४६ वर्षीय याङलाल लामा भन्ने ह्यांगलाल तामाङलाई पक्राउ परेका हुन्।

मानव बेचबिखन नियन्त्रण ब्यूरोको टोलीले उनलाई सोमबार पक्राउ गरेको हो।

उनीसहितको संलग्नतामा उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौंका गरी चार जना महिलालाई कुवेतमा राम्रो तलब हुने र घरायसी काममा लगाइ दिने भन्दै २०७३ सालमा भारतको दिल्लीस्थित उत्तमपुरमा बन्दक बनाएका थिए।

भारतस्थित नेपाली राजदूतावासको सहयोगमा २०७४ सालमा ती महिलाहरूको उद्दार गरेर प्रहरीले आफन्तलाई जिम्मा लगाइ सकेका छन्।

प्रतिक्रिया दिनुहोस्