चिर्पट प्रहार गरी एकको हत्या <p>काठमाडौं। खोटाङको केपालसगढी गाउँपालिका-१ फेदी बस्ने ५६ वर्षीय जबरधन राईको छिमेकीले गरेको&nbsp;चिर्पट प्रहारबाट मृत्यु भएको छ।</p> <p>मङ्गलबार राति सोही ठाउँ बस्ने २७ वर्षीय राकेश राईले सामान्य विवादको क्रममा जबरधनलाई चिर्पट प्रहार गरेका थिए।</p> <p>उनको घटनास्थलमै मृत्यु भएको हो। राई हाल फरार छन्। उनलाई खोजीरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्