काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का लिएको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ।
यस वर्षको कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीलाई परीक्षा शुल्कमा दुई सय रूपैयाँ काटेर फिर्ता गर्ने निर्णय गरिएको हो।
यो वर्षको कक्षा ११ को वार्षिक परीक्षा विद्यालयले नै सञ्चालन गर्नेछ।
२०७७ सालको कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुनका लागि परीक्षा शुल्क बोर्डमा बुझाइसकेका विद्यार्थीहरूले सम्बन्धित विद्यालयमार्फत् बोर्डमा बुझाएको परीक्षा शुल्क ६०० मध्ये परीक्षा सञ्चालन तयारीका क्रममा भएको खर्च वापत २०० रूपैयाँ कट्टा गरी ४०० रूपैयाँ फिर्ता गर्ने भएको हो।
उक्त ४०० रूपैयाँ नियमित परीक्षार्थीका हकमा आगामी वर्ष सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षा शुल्कमा समायोजन गर्ने र आंशिक ग्रेड वृद्धि परीक्षार्थीहरूका हकमा बोर्डले सञ्चालन गर्ने वार्षिक परीक्षामा सहभागी हुने भएमा सोही परीक्षा शुल्कमा समायोजन गर्ने, परीक्षामा सहभागी हुन नपर्ने विद्यार्थीहरूका हकमा कक्षा १२ को प्रमाणपत्रको शुल्कमा समायोजन गरिने बोर्डले जनाएको छ।
बोर्डले प्रदेश परीक्षा व्यवस्थापन शाखा कार्यालयहरूलाई आ-आफ्नो क्षेत्रभित्रका विद्यालय, शिक्षक, अभिभावक एवं विद्यार्थीहरूलाई जानकारी गराउन निर्देशन दिएको छ।
" /> काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का लिएको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ।यस वर्षको कक्षा ११ को वार्षिक परीक्षामा सहभागी हुने विद्यार्थीलाई परीक्षा शुल्कमा दुई सय रूपैयाँ काटेर फिर्ता गर्ने निर्णय गरिएको हो।

">