होटलकै कामदार दुई लाख रूपैयाँ चोरेर फरार <p>काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-४ मानव अधिकार चोकमा रहेको केशव घिमिरेको चन्दन रेष्टुरेण्टबाट दुई लाख रूपैयाँ मंगलबार राति चोरी भएको छ ।</p> <p>सोही रेष्टुरेन्टमा काम गर्ने दुईजना किशोरहरूले कोही नभएको अवस्थामा नगद चोरी फरार भएकाे प्रहरीले जनाएकाे छ।</p> <p>सीआरभी चिप्लेढुङगाबाट खटिएको प्रहरीले चोरीमा संलग्नहरूको खोजी गरिरहेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्