बेरुत विस्फोट: सहयोग सामग्रीसहित फ्रान्सेली राष्ट्रपति म्याक्रोन लेबनान जाने
काठमाडौं। राजधानी बेरुतमा मंगलबार भएको विस्फोटपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन बिहीबार लेबनान जाने भएका छन्।

म्याक्रोनले आफ्ना समकक्षी लेबनानका राष्ट्रपति माइकल औन, प्रधानमन्त्री हसन डिएबलगायतलाई भेट्ने एलिज प्यालेसले घोषणा गरेको छ। फ्रान्सले विस्फोटले आतंकित बनेको लेबनानलाई स्वास्थ्य सामग्री र रेस्क्यु टीमसहित तीन प्लेन बेरुत पठाउने तयारी गरेको छ।

बेरुतको बन्दरगाहमा भएको विस्फोटलाई लिएर फ्रान्सका प्रधानमन्त्री जिएन कास्टेक्स अहिले फान्स-एडको तयारीसम्बन्धी बैठकमा रहेको फ्रान्स२४ ले बताएको छ।

बेरुतमा मंगलबार दिउँसो भएको त्यो विस्फोटनमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो। र, प्रारम्भिक अनुसान्धानबाट विस्फोटको कारण लापर्बाही रहेको खुलेको छ।

विगत ६ वर्षदेखि त्यहीँ रहेको त्यो विस्फोटक सामग्रीमाथि सम्बन्धित निकायले सावधानी नअपानउँदा बेरुतले त्यो दुर्घटना भोग्नु परेको प्रारम्भिक अुसन्धानको रिपोर्टमा बताइएको छ।

लेबनान विगतमा फ्रान्सको संरक्षित राज्य रहेको थियो।

प्रतिक्रिया दिनुहोस्