काठमाडौं। लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा कोही नेपाली पनि हताहत नभएको लेबनानसमेत हेर्ने इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालले जानकारी दिएका छन्।

“घटनापछि म लेबनानमा रहेका नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहेको छु। सबै नेपाली सुरक्षित रहेको जानकारी प्राप्त भएको छ,” अर्यालले देखापढीसँग टेलिफोनमा कुराकानी गर्दै इजिप्टको कायरोबाट भने, “एकजना नेपाली बहिनीको हातमा सामान्य चोट लागेको रहेछ। उहाँ ठिक हुनुहुन्छ।”

विस्फोट भएको स्थल नजिकै रहेको होटल फोनीसीयामा करिब तीन सय नेपाली कार्यरत थिए। विस्फोटले होटलमा क्षति पुर्‍याएको भए पनि त्यहाँ कार्यरत सबै नेपाली सुरक्षित रहेको उनले जानकारी दिए।

“फोनीसीया होटलमा धेरै नेपाली कार्यरत थिए। बेरुतमा घरेलु कामदारका रूपमा पनि नेपाली कार्यरत छन्। सबैजना सुरक्षित रहेको गैर आवासीय नेपाली संघ लेबनानका प्रतिनिधि र बेरुतस्थित नेपाली अवैतनिक दूतले जानकारी दिनुभएको छ,” राजदूत अर्यालले बताए।

लेबनानमा ६ हजार जति नेपाली कार्यरत रहेको अनुमान छ। लेबनानमा रहेका अधिकांश नेपाली घरेलु कामदारको रूपमा कार्यरत छन् र ठूलो संख्या महिलाको रहेको छ। लेबनामा कार्यरत नेपालीमध्ये धेरैजसो बेरुतमा रहेका छन्।

विस्फोटस्थल नजिक रहेको नेपाली अवैतनिकदूतको कार्यालयमा भने सामान्य क्षति पुगेको जनाइएको छ। विस्फोटले अवैतनिकदूतको कार्यालयको झ्यालका सिसा फुटेका छन्। कार्यालय भवनको छतमा रहेको नेपाली झण्डाको आधा भाग विस्फोटका कारण उडेको थियो।

“बेरुतमा रहेको नेपाली अवैतनिकदूतको कार्यालयका सिसा फुटेका छन्। मानिसलाई कुनै क्षति भएको छैन,” राजदूत अर्यालले जानकारी दिए।

बेरुतको बन्दरगाहमा मंगलबार भएको विस्फोटमा परी १०० जना भन्दा बढीको मृत्यु भएको थियो भने चार हजार भन्दा बढी घाइते भएका थिए। बेरुतको विस्फोट यति शक्तिशाली थियो कि जसले ३.३ म्याग्निच्युड स्केल भूकम्प बराबरको कम्पन निकालेका थिए। बेरुतमा भएको बिस्फोटको आवाज २४० किलोमिटर टाढा रहेको साइप्रसमा समेत सुनिएको थियो।

बेरुतको बन्दरगाहमा रहेको एक वेयरहाउसमा विस्फोट भएको थियो। वेयरहाउसमा रहेको दुई हजार ७५० टन एमोनियम नाइट्रेड विस्फोट भएको थियो। उक्त वेयरहाउस सन् २०१४ बनेको थियो।

एमोनियम नाइट्रेट गन्धहीन केमिकलको रूपमा चिनिन्छ। यसको प्रयोग विशेष गरी खेतीको उर्वर शक्ति बढाउन र निर्माण कार्यमा विस्फोटकको रूपमा गरिन्छ। आगो लागेपछि एमोनियम नाइट्रेट विस्फोट हुने गर्छ। विस्फोटपछि यसबाट नाइट्रोजन अक्साइड र एमोनियाजस्ता खतरनाक ग्यास निस्कने गर्छ।

यसअघि सन् २०१३ मा अमेरिकाको टेक्सस राज्यमा रहेको एक फर्टिलाइजर प्लान्टमा यस्तै विस्फोट हुँदा १५ जनाको मृत्यु भएको थियो।

सन् २००१ मा फ्रान्सको टुलुजमा रहेको एक केमिकल प्लान्टमा पनि एमोनियम नाइट्रेट विस्फोट भएको थियो, जहाँ ३१ जनाको मृत्यु भएको थियो।

" /> काठमाडौं। लेबनानको राजधानी बेरुतस्थित बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा कोही नेपाली पनि हताहत नभएको लेबनानसमेत हेर्ने इजिप्टका लागि नेपाली राजदूत झविन्द्र अर्यालले जानकारी दिएका छन्।

"> बेरुत विस्फोट: घटनास्थल नजिक तीन सय नेपाली थिए, सबै सुरक्षित: Dekhapadhi
तस्वीरः एएफपी।
बेरुत विस्फोट: घटनास्थल नजिक तीन सय नेपाली थिए, सबै सुरक्षित

प्रतिक्रिया दिनुहोस्