लापर्बाहीको परिणाम बेरुत विस्फोट, ६ वर्षदेखि त्यहीँ थियो सामग्री
काठमाडौं। लेबनानको राजधानी बेरुतमा मंगलबार भएको विस्फोटको कारण वषौंदेखि त्यहाँ रहेको विस्फोटक सामग्रीमा भएको लापर्बाही रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बेरुतस्थित बन्दरगाह नजिक मंगलबार दिउँसो भएको त्यो विस्फोटमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो। रोएटर्सले अनुसन्धानकर्ताको रिपोर्टलाई उद्धृत गर्दै बुधबार भनेको छ, “यो वर्षौंदेखिको लापर्बाहीको परिणाम हो। त्यो स्थानमा भएको अधिक विस्फोटन सामग्रीमा कसैले ध्यान नदिएको कारण यो विस्फोटन भएको हो।”

“पछिल्लो ६ वर्षदेखि त्यहाँ भण्डारण गरिएको त्यो विस्फोटक सामग्रीको उचित व्यवस्थापनका लागि कयौँ समिति बनेको भए पनि काम भएको थिएन,” प्रारम्भिक अनुसन्धानको रिपोर्टमा भनिएको छ, “न्यायाधिसबाट पनि त्यो सामग्री हटाउने वा नष्ट गर्ने विषयमा केही आदेश गरिएको थिएन।”

रिपोर्टअनुसार वायर हाउस–९ बाट आगलागी सुरु भएर १२ सम्म फैलिएको थियो, जहाँ अमोनियम नाइट्रेट राखिएको थियो।

प्रतिक्रिया दिनुहोस्