काठमाडाैं। सरकारले संयुक्त राष्ट्र, विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा सुदूरपश्चिम र कर्णाली प्रदेशका ग्रामीण क्षेत्रका बालबालिकालाई चामल, दाल र वनस्पति तेल वितरण गरेको छ।
कक्षा १ देखि ८ सम्मका बालबालिकाहरूलाई अमेरिकन सरकारबाट प्राप्त करिब एकहजार ५०० मेट्रिकटन ती खाद्य सामग्री वितरण गरिएको हो।
विगतमा प्राप्त गर्ने गरेको विद्यालय पौष्टिक खानाबाट हाल ती बालबालिका वञ्चित रहेका जनाइएको छ। कोरोनाको जोखिम हुन नदिन विद्यालय बन्द हुँदा उनीहरू पौष्टिक खानाबाट वञ्चित रहेका थिए।
विद्यालय बन्द हुँदा बालबालिकाको सिक्ने क्षमतालाई नभई पौष्टिक खाना र स्वास्थ्य सहयोगका योजनाको पहुँचलाई समेत असर पुर्याएको यहाँस्थित विश्व खाद्य कार्यक्रमले जनाएको छ।
कार्यक्रमद्वारा आज यहाँ जारी विज्ञप्तिमा गत चैत महिनामा लकडाउन जारी भएपछि नेपालमा दुईलाख ५० हजारभन्दा बढी बालबालिका विगतमा विद्यालयमा प्राप्त हुने गरेका पौष्टिक खानाबाट विमुख रहेका जनाइएको छ।
यी पौष्टिक खानामा धेरै बालबालिकाहरु भर पर्ने गरेका थिए। अमेरिकी सरकारबाट प्राप्त सहयोगले यस क्षेत्रका एक लाख ५० हजार संकटासन्न घरपरिवारलाई सहयोग पुग्ने विश्वास गरिएको छ। रासस
" /> काठमाडाैं। सरकारले संयुक्त राष्ट्र, विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा सुदूरपश्चिम र कर्णाली प्रदेशका ग्रामीण क्षेत्रका बालबालिकालाई चामल, दाल र वनस्पति तेल वितरण गरेको छ।कक्षा १ देखि ८ सम्मका बालबालिकाहरूलाई अमेरिकन सरकारबाट प्राप्त करिब एकहजार ५०० मेट्रिकटन ती खाद्य सामग्री वितरण गरिएको हो।

">