काठमाडौं। हिन्दू र मुस्लिमबीच सयौं वर्षदेखि विवाद रहँदै आएको अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राम मन्दिरको शिलान्यास गरेका छन्।

श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टको अगुवाइमा बन्न लागेको राम मन्दिर शिलान्यास कार्यक्रममा प्रमूख अतिथिका रुपमा पुगेका मोदीले शिलान्यासअघि ‘श्री राम जन्मभूमि मन्दिर’ लेखिएको हुलाक टिकट जारी गरेका थिए।

शिलान्यासस्थल पुग्नुअघि हनुमानगढीमा पुगेर पूजापाठ गरेका मोदीले राम मन्दिर शिलान्यासको दिन पूरा भारत भावुक भएको बताए।

“आज पूरा देश रोमाञ्चित छ। सयौं वर्षदेखिको प्रतीक्षा आज समाप्त भइरहेको छ,” मोदीले भने, “आज श्रीरामको जयजयकार सिया-रामको यो धर्तीमामात्र नभई पूरा विश्वमा गुञ्जिइरहेको छ। सबै देशवासीसँगै विश्वभर रहेका रामभक्तहरुलाई आजको यो सुअवसरमा कोटी–कोटी बधाई।”

अन्यायपूर्ण, दमनकारी र लज्जाजनक तरिकाले जमिनमाथि कब्जा गर्ने र बहुसंख्यकको बलमा गरिने यस्ता कामले वास्तविकता फेर्न सक्दैन।

“वर्षौ‌देखि टाट र टेन्टको मुनि रहेका हाम्रा रामलीला (भगवान राम)का लागि अब एक भव्य मन्दिर निर्माण हुनेछ। लड्ने र फेरि उठ्ने क्रम सयाै‌ं वर्षदेखि चलिरहेको थियो। तर अब यो क्रम रोकिएको छ,” शिलान्यासको क्रममा मन्तव्य दिँदै मोदीले थपे, “राम मन्दिरका लागि भएको आन्दोलनमा अर्पण थियो, तर्पण पनि थियो, संघर्ष र संकल्प पनि थियो। जसको त्याग, बलिदान र संघर्षका कारण आज यो सपना साकार भइरहेको छ, उनीहरू सबैलाई आज म १३० करोड देशवासीको तर्फबाट नमन गर्छु। भगवान रामको अदभूत शक्ति हेर्नुस्। भवनहरू नष्ट गरियो, अस्तित्व मेटाउने प्रयास पनि धेरै भयो। तर राम आज पनि हाम्रो मनमा वास गरिरहेका छन्। राम हाम्रो संस्कृतिको आधार हो। श्रीराम भारतको मर्यादा हो। श्रीराम मर्यादा पुरुषोत्तम हुन्।’

मन खुम्च्याउनुपर्ने आवस्यकता छैन। स्थिति सधैँ एकसमान हुँदैन।

लामो समयदेखि जमिनको स्वामित्वको विषयमा हिन्दू र मुस्लिमबीच विवाद चलिरहेको थियो। तर, गत वर्ष नोभेम्बरमा सर्वोच्च अदालतले उक्त जमिनमाथि हिन्दूको अधिकार रहेको भन्दै राम मन्दिर बनाउने अनुमति दिएको थियो। साथै अदालतले अयोध्यामै मस्जिद बनाउनका लागि पाँच एकड जमिन उपलब्ध गराउन प्रशासनलाई आदेश दिएको थियो।

१९९२ मा बाबरी मस्जिद भत्काइएको थियो। त्यसयता भारतका विभिन्न स्थानमा साम्प्रदायिक हिंसाका थुप्रै घटना भएका छन्। यस्ता साम्प्रदायिक हिंसाका घटनामा २ हजारभन्दा बढीको ज्यान गइसकेको छ।

हिन्दूहरूले रामको जन्मभूमिमा राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको आरोप लगाउँदै आएका छन् भने मुस्लिमहरूले भने बाबरी मस्जिद त्यहाँ परापूर्वकालदेखि नै रहेको दाबी गर्दै आएका छन्।

असदुद्दिन ओबैसीले ‘बाबरी मस्जिद थियो र रहन्छ’ भन्दै भाजपा नेतृत्वको हिन्दु अतिवादी सरकारको कदममाथि मसिनो स्वरमा विरोध जनाएका छन्।

भगवान रामको जन्मस्थानका विषयमा विभिन्न विवादास्पद तथ्यहरु सार्वजनिक भइरहेका बेला अयोध्यामा राम मन्दिरको शिलान्यास हुँदा हिन्दूहरूमा खुसीयालीको माहोल छाए पनि विरोधका मसिना स्वरहरू पनि आएका छन्।

भारतीय लोकसभाका सांसद एवं अल इन्डिया मजलिस ए इत्तेहादुल मुस्लिमिनका प्रमूख असदुद्दिन ओबैसीले ‘बाबरी मस्जिद थियो र रहन्छ’ भन्दै भाजपा नेतृत्वको हिन्दू अतिवादी सरकारको कदममाथि मसिनो स्वरमा विरोध जनाएका छन्।

यसैगरी हिजोमात्र अल इन्डिया मुस्लिम पर्सनल ला बोर्डले विज्ञप्ति जारी गर्दै राम मन्दिर शिलान्यासको विरोध गरेको छ।

“बाबरी मस्जिद सधैँ एउटा मस्जिद रहनेछ। अन्यायपूर्ण, दमनकारी र लज्जाजनक तरिकाले जमिनमाथि कब्जा गर्ने र बहुसंख्यकको बलमा गरिने यस्ता कामले वास्तविकता फेर्न सक्दैन। मन खुम्च्याउनुपर्ने आवश्यकता छैन। स्थिति सधैँ एकसमान हुँदैन,” बोर्डको विज्ञप्तिमा भनिएको छ।

" /> काठमाडौं। हिन्दू र मुस्लिमबीच सयौं वर्षदेखि विवाद रहँदै आएको अयोध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राम मन्दिरको शिलान्यास गरेका छन्।

"> सयौं वर्षदेखिको प्रतीक्षा समाप्त- मोदी, मुस्लिम अगुवा भन्छन्- बाबरी मस्जिद थियो, रहन्छ: Dekhapadhi
सयौं वर्षदेखिको प्रतीक्षा समाप्त- मोदी, मुस्लिम अगुवा भन्छन्- बाबरी मस्जिद थियो, रहन्छ

प्रतिक्रिया दिनुहोस्