काठमाडौं। पर्वतको मोदी गाउँपालिका–६ रातामाटामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।
ग १ त ६२७९ नम्बरको ट्याक्टर सडकबाट करिब १२ मिटर तल खसेर हिजो दुर्घटना हुँदा ट्याक्टरका सहचालक २१ वर्षीय विजय नेपालीको मृत्यु भएको हो। सोही गाउँपालिका–५ बाजुङका उनको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर चालक फरार छन्। प्रहरीले उनलाई खोजिरहेको जनाएको छ।
यस्तै, सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुरमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ। स १ त ७४०२ नम्बरको ट्याक्टरको ठक्करबाट स ४ प ७२१० नम्बरको मोटरसाइकलका चालक मिर्चैया नगरपालिका–३ शिस्बनीका २१ वर्षीय देबिन्द्र यादवको मृत्यु भएको हो।
दुर्घटनामा परी यादव गम्भीर घाइते भएका थिए। उपचारका लागि फूलकुमारी मेमोरियल अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार धनुषाको धनुषाधामका बस्ने २३ वर्षीय बालकृष्ण यादवको सोही अस्तालमा उपचार भइरहेको छ। ट्याक्टर चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको जनाएको छ।
यसैगरी, मोरङको रतुवामाई नगरपालिका–८ आँपडाडाँस्थित आमबारी रंगेली सडकमा हिजाे दिउँसो साइकल अनियन्त्रत भई लड्दा सोही ठाउँ राधाकृष्ण टोलका ६० वर्षीय पदमप्रसाद भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। पर्वतको मोदी गाउँपालिका–६ रातामाटामा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ।ग १ त ६२७९ नम्बरको ट्याक्टर सडकबाट करिब १२ मिटर तल खसेर हिजो दुर्घटना हुँदा ट्याक्टरका सहचालक २१ वर्षीय विजय नेपालीको मृत्यु भएको हो। सोही गाउँपालिका–५ बाजुङका उनको घटनास्थलमै मृत्यु भएको हो। ट्याक्टर चालक फरार छन्। प्रहरीले उनलाई खोजिरहेको जनाएको छ।

">