काठमाडौं। काठमाडौं महानगरपालिका-६ बौद्ध टाउन प्लानिङबाट आधा किलो लागुऔषध गाँजासहित ६० वर्षीया संगीता शर्मा पक्राउ परेकी छिन्।
कैलाली टीकापुर नगरपालिका-१ घर भएकी उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
बा.९० प १५२९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिकीमा उक्त परिमाणको लागुऔषध फेला परेको प्रहरीले जनाएको छ।
यसैबीच, सर्लाहीको लालबन्दी नगरपालिका-८ बाट करिब १५ किलो गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.४९ प ७७६१ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपछि मोटरसाइकल जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा हिजो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका-६ बौद्ध टाउन प्लानिङबाट आधा किलो लागुऔषध गाँजासहित ६० वर्षीया संगीता शर्मा पक्राउ परेकी छिन्।कैलाली टीकापुर नगरपालिका-१ घर भएकी उनलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

">