जुम्ला। वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार १३ साउनमा खसेको पहिरो पन्छाइएपछि आजदेखि राजमार्ग खुलेको हो।
उनले भने, “पानी परेको बेला अझै पनि कालिकोटसडकखण्डको टाकुल्ला खोलामा पुल नभएकाले र खल्लाघाटको माथिल्लो पुलमा समस्या आउने देखिन्छ।”
कर्णाली राजमार्गको कालिकोट सडकखण्डका दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालिगाड, भैँसीगौंडा, टिमुरेभिड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायत करिब ५० स्थानमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको थियो।
खाँडाचक्र नगरपालिका-६ कालीकोटका तरकारी व्यवसायी ठम्मप्रसाद आचार्यले तीनै तहका सरकारले सडक स्तरोन्नतिमा ध्यान नदिँदा स्थानीय व्यवसायी तथा यात्रुले पटकपटक दुःख भोग्नुपरेको गुनासो गरे। रासस
" /> जुम्ला। वर्षाका कारण एक सातादेखिको अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लीलाबहादुर भण्डारीका अनुसार १३ साउनमा खसेको पहिरो पन्छाइएपछि आजदेखि राजमार्ग खुलेको हो।उनले भने, “पानी परेको बेला अझै पनि कालिकोटसडकखण्डको टाकुल्ला खोलामा पुल नभएकाले र खल्लाघाटको माथिल्लो पुलमा समस्या आउने देखिन्छ।”

">