कपिलवस्तु। सशस्त्र प्रहरीले स्रोत नखुलेको १६ लाखसहित एकजनालाई नियन्त्रणमा लिएको छ।
कपिलवस्तु मायादेवी गाउँपालिका-१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए।
भारतबाट नेपाल आउँदै गरेका उनी विशेष सुराकीका आधारमा मायादेवी-४ ठकुरापुर गोब्ली बगैँचाबाट हिजो साँझ पक्राउ परेका हुन् । उनको साथबाट एक हजार दरका एक/एक सय थानका १२ गड्डी र ५०० दरका एक/एक सय थानका आठ गड्डि बरामद गरिएको छ।
पक्राउ परेका सोनार र उनीबाट बरामद भएको रकम सुनौली भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक देवकोटाले जानकारी दिए।
सुनको अवैध कारोवार गर्दै आएका उनले नेपालतर्फबाट सुन भारततर्फ तस्करी गर्नका लागि सो रकम बोकेको हुनसक्ने आशङ्का गरिएको छ।
" /> कपिलवस्तु। सशस्त्र प्रहरीले स्रोत नखुलेको १६ लाखसहित एकजनालाई नियन्त्रणमा लिएको छ।कपिलवस्तु मायादेवी गाउँपालिका-१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए।

">