सर्लाही। धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह २५ हजार धरौटीमा रिहा भएका छन्।
जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।
सो घटनामा पक्राउ परेका मुकेशकुमार साह यसअघि नै एक लाख र छोटेलाल सहनी २५ हजार धरौटीमा रिहा भइसकेका थिए। गाउँपालिका अध्यक्षलाई सोमबार २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको स्रेस्तेदार शिवहरि पौडेलले जानकारी दिए।
गएको १४ असारमा धनकौल गाउँपालिकामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप हुँदा प्रहरीसहित २० घाइते भएका थिए।
घाइतेमध्ये नेकपाका केही कार्यकर्तालाई गोलीसमेत लागेको थियो। घटनामा गाउँपालिकाका अध्यक्ष साहले गोली चलाएको आरोप नेकपाले लगाउँदै आएको छ ।
साह कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन्। ६ असारमा जिल्लाकै रामनगर गाउँपालिका-४ बोहरवाका ६० वर्षीय रामजलम राय यादवको हत्या भएको थियो।
यादवको हत्याको विरोधमा धनकौलमा नेकपाले निकालेको विरोध र्यालीमा गोली चल्दा तीन प्रहरीसहित २० प्रदर्शनकारी घाइते भएका थिए। गोली प्रहार घटनामा प्रदेश २ का प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहको समेत हात रहेको नेकपाका कार्यकर्ताको आरोप छ।
सांसद सिंहविरुद्धको उजुरी भने प्रहरीले दर्ता गर्न नमानेको नेकपाले बताएको छ। घाइतेहरूले सांसद सिंह, गाउँपालिका अध्यक्ष साहसहित १० जनाविरुद्ध त्यतिबेलै किटानी जाहेरी दिएका थिए।
दबाब बढेपछि प्रहरीले सांसद सिंह र अध्यक्ष साहको घरबाट समेत लाइसेन्स प्राप्त बन्दुक बरामद गरेर अनुसन्धान अघि बढाएको छ।
" /> सर्लाही। धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह २५ हजार धरौटीमा रिहा भएका छन्।जुलुसमाथि गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अध्यक्ष साहलाई जिल्ला अदालत सर्लाहीले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो।

">