काठमाडौं। जम्मु–कश्मीर होस् या लद्दाख, यी क्षेत्र प्रकृतिले सजाएका स्थान हुन्। तर, ती सुन्दर क्षेत्र राजनीतिक खिचातानीमा वर्षौंदेखि पर्दै आएका कारण प्रकृतिप्रेमीका नजरबाट ओझेल परिरहेका छन्। आँखालाई आनन्द दिने ठाउँमा मानिसहरू स्वतन्त्र विचरण गर्न पाइरहेका छैनन्। कुन बेला, कहाँ के हुने हो ठेगान छैन। त्यो सुन्दर प्रकृतिको छानामा बारुदको क्रूर छायाँ पर्दै आएको छ।

गत वर्ष ५ अगस्ट (आजैका दिन)का दिन भारतीय संसद्ले संविधानको अनुच्छेद ३७० निष्प्रभावी गरिदिएपछि जम्मु–कश्मीरबाट लद्दाख अलग हुन पुग्यो। त्यसपछि जम्मु तथा भारत प्रशासित कश्मीरको कथा त अलग्गै छ नै लद्दाखमा यो विभाजनलाई लिएर उत्सव नै मनाइएको छ। यस्तो माग ७० वर्षअघिदेखि उठ्दै आएको र अहिले कम्तीमा आधा माग भए पनि पूरा भएको बताइएको छ।

उता, लद्दाखमा भारत र चीनबीच उत्पन्न तनाव अझै शान्त भएको छैन। गत आइतबार दुवै पक्षका सैनिक कमान्डरबीच छलफल भयो, तर सहमति बन्न सकेको छैन। बेलाबखत दुई देशका सेना आमनेसामने समेत हुँदै आएका छन्। केही समयअघि द्विपक्षीय भिडन्तमा भारतका २० सैनिक मारिएका थिए। यसरी लद्दाख अब (भारत, चीन, पाकिस्तान) त्रिपक्षीय चासोको क्षेत्र बन्न पुगेको छ।

भारतको श्रीनगरमा दुई दिने कर्फ्यू नै लगाइयो। जम्मु–कश्मीरको विशेष दर्जा अन्त्य भएको एक वर्ष पुगेको अवसरमा विरोध प्रदर्शन हुने आशङ्का गर्दै। श्रीनगर प्रशासनले सोमबार नै ४ र ५ अगस्टका दिन निषेधाज्ञा घोषणा गरेको हो। संविधानको अनुच्छेद ३७० लाई निष्प्रभावी गरेपछि जम्मु–कश्मीरलाई दुई केन्द्र शासित प्रदेशमा विभाजितसमेत गरिएको थियो।

मोदी सरकारको उक्त फैसलाको सर्वत्र विरोध भएको थियो। कश्मीरका प्रमुख पार्टीका साथै भारतका कतिपय विपक्षी दलले यसको विरोध गरेका थिए। भारतबाहिरसमेत यसको विरोध भएको थियो। श्रीनगरका जिल्लाधिकारीका तर्फबाट जारी गरिएको आदेशमा भनिएको छ, ‘‘कतिपय जासुसी संयन्त्रबाट जानकारी आएको छ कि विखण्डनकारी र पाकिस्तान समर्थित समूह ५ अगस्टका दिन कालो दिवस मनाउने योजनामा छन्। यस्तोमा ठूलै विरोध  प्रदर्शन हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। पाँच अगस्टका दिन हिंसक प्रदर्शन हुने सूचना छ, जसबाट धनजनको नोक्सान हुन सक्छ।’’

तस्वीर : इपीए।

दुई दिन श्रीनगरमा मानिसको आवागमनमा पूरै प्रतिबन्ध लगाइने छ। प्रशासनले कर्फ्यूलाई कोभिड–१९ सँग पनि जोडेको छ। ठूलो सङ्ख्यामा मानिस जम्मा हुनाले कोरोना सङ्क्रमण फैलन सक्छ। आदेशमा कर्फ्यूको समयमा मेडिकल इमर्जेन्सीलाई छुट दिइने छ। कश्मीर घाटीमा सोमबार नै अचानक कडा प्रतिबन्ध देखियो। त्यहाँका अधिकारीहरू भने कोरोनाबाट बच्न यस्तो व्यवस्था गरेको बताइरहेका थिए।

पिपुल्स डेमोक्रेटिक पार्टीका अध्यक्ष महबुबा मुफ्तीकी छोरी इल्तिजाले ट्विटरमा भनेकी छन्, ‘‘कश्मीर घाटीमा अचानक सुरक्षाबलको तैनाथी बढाइएको छ। जतिजति ५ अगस्ट नजिक आउँदैछ उतिउति कोभिड–१९ भाइरस ज्यादा सक्रिय हुन थाल्छ। सबथोक यसरी गरिँदैछ कि, यहाँका मानिसका आक्रोश र रिस एकै पटक बाहिर नआओस्!’’

पाकिस्तानमा हलचल

५ अगस्टभन्दा अघिदेखि नै पाकिस्तानमा यो विषयलाई लिएर हलचल मच्चिइरहेको छ। यी दुई देशबीच कश्मीर मामिला  सधैं टाउको दुःखाइको विषय बन्दै आएको छ। सोमबार पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसी पाकिस्तान प्रशासित कश्मीरको चिरिकोट सेक्टर पुगे। त्यहाँ उनले सानो समूहलाई सम्बोधन पनि गरे। उनीसँग रक्षामन्त्री परवेज खटक पनि गएका थिए।

भारतले गत वर्ष अगस्टमा जुन ढङ्गमा अनुच्छेद ३७० हटायो, त्यसलाई कश्मीरीहरूले खारेज गरिदिएको कुरेसीले बताए। भारत कश्मीरीको आवाज दबाउन सफल भए पनि उनीहरूको दिमाग आज पनि स्वतन्त्र रहेको उनको भनाइ थियो। उनले सभालाई सम्बोधन गर्दै भने, ‘‘हामी तपाईंहरूको साहसलाई सलाम गर्छौं। थुप्रै अप्ठेरा हुँदाहुँदै पनि तपाईंहरू आफ्नो अडानमा उभिनु भयो। जित तपाईंहरूको हुने छ किनकि, तपाईंहरू सत्यमा अडिनु भएको छ। संसारलाई यो कुरा थाहा छ, तर पनि दुनियाँ आफ्नो स्वार्थका कारण मौन छ।’’

उनले थपे, ‘‘कुनै एक जना कश्मीरी पनि भारतको फैसलालाई स्वागत गर्न तयार छैनन्। उनीहरूमाथि विभिन्न प्रतिबन्ध लगाइएको छ। उनीहरूलाई घरमा कैद गरिएको छ। तर. उनीहरूको दिमाग र मनलाई कैद गर्न कसैले सक्दैन।’’ पाकिस्तानले प्रत्येक अन्तर्राष्ट्रिय मञ्चबाट कश्मीरीहरूको आवाज बोलिरहने पनि कुरेसीले बताए।

‘‘प्रधानमन्त्री इमरान खान कश्मीरका प्रतिनिधि हुन् र म विदेशमन्त्रीका नाताले हरेक मञ्चमा तपाईंहरूको लडाइँ लडिरहेको छु। संसारको अन्तरआत्मा बोल्न लगाउन पनि कोसिस जारी रहने छ,’’ उनले भने, ‘‘भारत कश्मीरमा सबै कुरा सामान्य भएको देखाउन चाहन्छ।’’

सबै कुरा सामान्य यदि छ भने शहीदहरूको शव किन फिर्ता नदिइएको भन्दै उनले भारतसँग प्रश्न गरे। ‘‘किनकि, यसबाट उत्पन्न हुने प्रतिक्रियासँग डर छ। नयाँ दिल्ली यही कारण पनि त्यस इलाकामा नौ लाख सैनिक तैनाथ गरिरहेको छ,’’ कुरेसीले भने, ‘‘उनीहरूको मानसिक पतन भएको छ, तपाईंहरू आफ्नो सङ्कल्पका बलमा लडाइँ जितिरहनु भएको छ।’’

राम मन्दिर शिलान्यास

चाहे पनि नचाहे पनि जसरी जम्मु–कश्मीर सवाललाई धार्मिक मुद्दासँग जोडिँदै आएको छ, उसैगरी अयोध्या पनि धर्मसँगै टाँसिएको छ। ५ अगस्टकै दिन अयोध्याको राम मन्दिरको शिलान्यास हुँदैछ। संविधानको अनुच्छेद ३७० निष्प्रभावी भएको दिन र राम मन्दिर शिलान्यासको दिन एउटै पार्नुलाई विश्लेषकहरू गहन रूपमा बुझ्नु पर्ने बताइरहेका छन्।

भारत पछिल्लो समय कोरोनाको नयाँ हटस्पट बन्दैछ। त्यहाँका  स्वयम् गृहमन्त्री नै सङ्क्रमित भइसकेका छन्। यो कहालिलाग्दो परिस्थितिसँग डट्न असफल भइरहेको आरोप खेप्दै आएको मोदी सरकारले ठूलो तामझामका साथ राम मन्दिर शिलान्यास गर्दैछ। प्रधानमन्त्री मोदी आफैंले चाँदीको इँटा राखेर यसको शिलान्यास गर्ने कार्यक्रम छ।

धर्म, आस्था, संस्कृति आदि व्यक्तिका निजी मामिला हुन्। यस्ता विषयमा सरकार आफैं गुटउपगुटमा बाँडिदा नागरिकका मनमा ठेस लाग्न सक्छ। सरकार सबैको हुन सक्नु पर्छ, कुनै एक धर्म वा सम्प्रदायको होइन। महात्मा गान्धीले सन् १९४२ मा लेखेका थिए– ‘हिन्दुस्तान ती हरेक मानिसको हो, जहाँ उनीहरू जन्मिए। यहीँ हुर्के, बढे र जोसँग आफ्नो भन्नका लागि यही देशमात्र छ। भारत कुनै धर्म या समुदायमा आधारित नभएर यहाँका नागरिकमा आधारित छ।’ प्रश्न उठ्छ– के भारत गान्धीले भनेजस्तै छ?

आज संसार एकीकृत बन्दै महामारीविरुद्ध लाग्नु अत्यावश्यक छ। अन्यथा, कोरोना मानव इतिहासकै क्रूर महामारी नबन्ला भन्न सकिन्न। एक्लै हिँडेर वा एकल प्रयासबाट कोरोना जितिन्न। विडम्बना यहीबेला थुप्रै मुलुक एकअर्काविरुद्ध घाँटी कोरोकोरमा उत्रिएका छन्। विश्व शक्ति, महाशक्ति बन्ने महात्वाकाङ्क्षी मुलुक वा सामरिक रूपमा बलिया देश नै पनि एक्लै र आफूअनुकूल हिँड्ने धुनमा रहनु दुर्भाग्यपूर्ण मान्नु पर्छ। (एजेन्सीहरूको सहयोगमा)

" /> काठमाडौं। जम्मु–कश्मीर होस् या लद्दाख, यी क्षेत्र प्रकृतिले सजाएका स्थान हुन्। तर, ती सुन्दर क्षेत्र राजनीतिक खिचातानीमा वर्षौंदेखि पर्दै आएका कारण प्रकृतिप्रेमीका नजरबाट ओझेल परिरहेका छन्। आँखालाई आनन्द दिने ठाउँमा मानिसहरू स्वतन्त्र विचरण गर्न पाइरहेका छैनन्। कुन बेला, कहाँ के हुने हो ठेगान छैन। त्यो सुन्दर प्रकृतिको छानामा बारुदको क्रूर छायाँ पर्दै आएको छ।

"> कश्मीरको सुन्दरतामा बारुदको क्रूर छायाँ: Dekhapadhi
तस्वीर : गेट्टी इमेज।
कश्मीरको सुन्दरतामा बारुदको क्रूर छायाँ

प्रतिक्रिया दिनुहोस्