काठमाडौं। पशुपति क्षेत्र विकास कोषले तयार गरेको पशुपति क्षेत्रको बृहत् गुरूयोजनामा कोटेश्वरदेखि चाबहिलसम्मको चक्रपथ खण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिको भू-भाग हुँदै जाने गरी सार्न प्रस्ताव गरिएको छ।
काठमाडौंको सिनामंगलदेखि चाबहिलसम्मको चक्रपथ खण्ड पशुपतिको जग्गामा छ। उक्त सडक खण्डको दायाँ-बायाँ मठमन्दिर रहेको र ठूलो सडकमा सवारी आवागमन हुँदा मठमन्दिर लगायतका सम्पदा संरक्षणमा बाधा परेकाले उक्त सडक खण्ड सार्न गुरूयोजनामा प्रस्ताव गरिएको हो।
पशुपति क्षेत्र विकास कोषले तयार गरेको गुरूयोजना पारित भइसकेको छैन्। पशुपति क्षेत्र वरपरका स्थानीयले गुरूयोजनाको विरोध गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले एक महिनाको समय दिएर थप अध्ययन गरी आवश्यक परे गुरूयोजना परिमार्जन गर्न पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन्।
कोषका कार्ययकारी निर्देशक डा. घनश्याम खतिवडाले पुरातात्त्विक सम्पदा संरक्षणका लागि चक्रपथ सार्ने प्रस्ताव गुरूयोजनामा समावेश गरिएको बताए।
“सम्पदासँग जोडिएको सडकमा दिन-रात ठूला सवारीसाधन चल्दा सम्पदा क्षेत्रमा निरन्तर असर परेको छ। पशुपति क्षेत्रमा ठूला पर्व हुँदा बाटो नै बन्द गर्नुपर्ने अवस्था छ। यी समस्या समाधानको लागि चक्रपथ सार्ने प्रस्ताव गरिएको हो,” खतिवडाले भने।
सिनामंगलदेखि चावहिलसम्मको सडक स्थानान्तरण गर्न सके अहिले प्रयोगमा भइरहेको उक्त सडकलाई सम्पदामैत्री मार्गमा रूपान्तरण गर्ने कोषको योजना छ। ती सडकमा ढुङ्गा बिछ्याएर पैदल यात्राको लागि उपयोगी बनाएर प्रयोग गर्न सकिने उनले बताए।
“पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरू केही समय पैदलयात्रा गरेर मन्दिरसम्म पुग्न चाहन्छन्। सम्पदा क्षेत्रमा ठूला सवारी चल्ने सडक नहुँदा सम्पदाको संरक्षण पनि हुन्छ। अहिले सम्पदा क्षेत्र सडकको अतिक्रमणमा पनि परेको छ,” खतिवडाले भने।
तिलगंगादेखि चाबहिलसम्मकै सडक किनारमा मठ मन्दिरहरू छन्। मित्रपार्कमा जयबागेश्वरी मन्दिर त सडकमै जोडिएको छ। चाबहिल नजिकै चारूमति स्तुपा पनि सडकमै टाँसिएको छ।
त्यसैगरी, मित्रपार्कदेखि चावहिलतर्फको दाँया–बायाँको देवपाटन र नवाली टोल पशुपति क्षेत्रको ऐतिहासिक बस्तीको रूपमा मानिन्छ। ती क्षेत्रमा पशुपतिमा भण्डारी र पशुपतिमा जात्रा पर्व चलाउनका लागि नौ जातका मानिसहरूको बसोबासको व्यवस्था गरिएको थियो। ती क्षेत्रको संरक्षणका लागि पनि सडक सार्नुपर्ने गुरूयोजनामा उल्लेख छ।
कोषले तयार गरेको वृहत गुरूयोजना कार्यान्वयन गर्नको लागि मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्छ।
“गुरूयोजनामा सडक मार्ग सार्न प्रस्ताव गरेका छौं। कार्यान्वयन गर्ने नगर्ने निर्णय सरकारले गर्ने हो,” उनले भने।
विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्रको पुरातात्त्विक सम्पदा संक्षरण र सम्वद्र्धनको वृहत योजना उक्त प्रस्तावित गुरूयोजनामा समावेश गरिएको छ।
नेपाल सरकारले पशुपति मन्दिर क्षेत्रको सम्पदा संरक्षण र व्यवस्थित गर्न वृहत परियोजना सञ्चालन गर्ने भन्दै पशुपति क्षेत्र विकास कोषलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ।
पशुपति क्षेत्र व्यवस्थित गर्नका लागि कोषले वृहत गुरूयोजना बनाएर कार्यान्वयन गर्न लागेको छ।
" /> काठमाडौं। पशुपति क्षेत्र विकास कोषले तयार गरेको पशुपति क्षेत्रको बृहत् गुरूयोजनामा कोटेश्वरदेखि चाबहिलसम्मको चक्रपथ खण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पछाडिको भू-भाग हुँदै जाने गरी सार्न प्रस्ताव गरिएको छ।काठमाडौंको सिनामंगलदेखि चाबहिलसम्मको चक्रपथ खण्ड पशुपतिको जग्गामा छ। उक्त सडक खण्डको दायाँ-बायाँ मठमन्दिर रहेको र ठूलो सडकमा सवारी आवागमन हुँदा मठमन्दिर लगायतका सम्पदा संरक्षणमा बाधा परेकाले उक्त सडक खण्ड सार्न गुरूयोजनामा प्रस्ताव गरिएको हो।

">