आँपको रुखमा अजिङ्गर
<p>काठमाडाैं। कञ्चनपुरको बेदकोट नगरपालिका-८ गाउँजीमा आज लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ। स्थानीय मानप्रसाद भट्टको बारीको आँपको रुखमा आठ फिट सात इञ्च लामो र आठ किलो तौलको अजिङ्गर फेला परेको हो।</p>
<p>चुरे वन क्षेत्रबाट आहाराको खोजीमा बस्तीमा अजिङ्गर आएको हुन सक्ने डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले जानकारी दिए।</p>
<p>स्थानीय बासिन्दाले अजिङ्गर फेला परेको बारे जानकारी दिइएपछि वन कार्यालय सुरक्षा शाखाका प्रमुख अर्जुन थापाको नेतृत्वमा गएको टोलीले अजिङ्गरको उद्धार गरेको उनले बताए।</p>
<p>उद्धार गरिएको अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको संरक्षित क्षेत्रमा छाडिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
