सेफ्टी टयाङ्कीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु
<p>काठमाडाैं। बाराको महागढी नगरपालिका-१ मा एक नाबालिकाको सेफ्टी टयाङ्कीमा डुबेर आज मृत्यु भएको छ।</p>
<p>अनिल लहेराको पाँच वर्षीया छोरी छायाँको घर अगाडिको सेफ्टी टयाङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवतक्ता गौतम मिश्रले जानकारी दिए।</p>
<p>मृतक छायाको कलैया अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रवक्ता मिश्रले जानकारी दिए।</p>
प्रतिक्रिया दिनुहोस्
