पहिरोको जोखिममा रहेको बस्ती सारियो

काठमाडाैं। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

गत आइतबारदेखि मुसलधारे वर्षासँगै खसेको पहिरो नरोकिएपछि स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो।

तिपेनी पुलबारीको अधिकांश भूभाग भूक्षय भइसकेको कारण उच्च जोखिममा परेको ३० घरपरिवारलाई थप चुनौती नहोस् भन्ने मनसायले बस्ती स्थानान्तरण गरिएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताए।

पर्यटकीयस्थल पाँचपोखरी थाङपाल गाउँपालिकामा आपत्कालीन एम्बुलेन्स सेवा, सवारी साधनलगायत पर्यटक आवतजावतमा सास्ती हुन नदिन पालिकाभित्र स्काभेटर खटाई बाटो खुलाइएको अध्यक्ष लामाले बताए।

पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासी अहिले कोही सुरक्षित स्थानमा बसेका छन् र कोही आफन्तको घरमा छन्।

प्रतिक्रिया दिनुहोस्