चक्कु र खुकुरी प्रहारबाट पाँच जना घाइते
काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-९ मिलन टोल बस्ने दुई जना पुरुषलाई चक्कु तथा खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सोमबार राति सुनसरीको धरान-१५ घर भएका ३५ वर्षीय बन्दन लिम्बु र ३० वर्षीय हेम तामाङ रहेका छन्।

घाइते युवाहरूको प्रहरीले पहिचान खुलाएको छैन। उनीहरूको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यस्तै बाँकेको बैजनाथ गाउँपालिका-२ मकैबारी बस्ने तीन जनालाई खुकुरी प्रहारी गरी घाइते बनाएको अभियोगमा सोही गाउँपालिका-२ पहाडीपुर बस्ने २३ वर्षीय मनोज तारे मगर समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।

पिकनिक खाने क्रममा विवाद हुँदा उनीहरूले तीन जनालाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए। लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न पाँच जनालाई एक थान खुकुरीसहित पक्राउ गरेको हो।

घाइतेहरूको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। उनीहरूको प्रहरीले पहिचान खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्