मदिरा र कच्चा पदार्थ नष्ट
<p>काठमाडौं। पर्साको जिराभवानी गाउँपालिका-५ सखुअनिया गाउँमा अवैध रुपमा सञ्चालन गरेका भट्टीहरूबाट दुई सय लिटर मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदाथ प्रहरीले नष्ट गरेको छ।</p>
<p>जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली पर्साबाट खटिएको प्रहरी टोलीले स्थानीय अगुवा तथा सञ्चारकर्मीहरूको रोहवरमा घरेलु मदिरा नष्ट गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्
