४ वर्षीय बालकसहित डुबेर दुई जनाको मृत्यु
<p>काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ मणिग्राम बस्ने पर्वत घर भएका किसान परियारको छोरा चार वर्षीय छोरा आरएन परियारको कुलोमा डुबेर सोमबार मृत्यु भएको छ।</p>
<p>आफ्नै कोठा अगाडि खेल्ने क्रममा कुलोमा खसेको अवस्थामास्थानीयले उद्धार गरेका थिए। उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा उनको मृत्यु भएको हो।</p>
<p>यस्तै, उदयपुरको चौदण्डीगढी नगरपालिका-४ बुइकली टोलका १९ वर्षीय प्रकाश विकको सोही ठाउँमा रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको छ।</p>
<p>सोमबार नुहाउने क्रममा उनी पोखरीमा डुबेका थिए। </p>
प्रतिक्रिया दिनुहोस्
