भरूवा बन्दुकको छर्रा लागेका किशोरको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। भरुवा बन्दुकको छर्रा लागेर बागलुङको गलकोट नगरपालिका-१०, पाण्डबखानी बस्ने १५ वर्षीय मिलन मगरको सोमबार साँझ मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मिलनलगायत ६ जना सोही ठाउँस्थित रमुवा ज‌ंगलमा गाईवस्तु हेर्न भनी साथमा भरुवा बन्दुक लिएर गएकोमा अचानक पड्किँदा मिलनलाई छर्रा लागेको थियो।</p>
<p style="text-align: justify;">उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मिलनसँग गएका पाँचजनालाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।</p>