जबरजस्ती करणी अभियोगमा दुई जना पक्राउ <p>काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-२६ बस्ने ४१ वर्षीय पुरुषलाई आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p> <p>इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।&nbsp;कैलालीको कैलारी गाउँपालिका-९ बस्ने २२ वर्षीय विकास भन्ने निरज चौधरीलाई १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p> <p>चौधरीमाथि&nbsp;ती बालिकालाई साउन १६ गते जबरजस्ती करणी गरेको अभियोग लागेको छ।&nbsp;अभियोगपछि उनी फरार थिए। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा धनगढी उपमहानगरपालिका-७ मनहरास्थित आफन्तको घरमा लुकेर&nbsp;बसेको अवस्थामा फेला पारी चौधरीलाई पक्राउ गरेको हो।</p> <p>अभियुक्त दुवै जनाविरुद्ध प्रहरीले जबरजस्ती करणीसम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्