छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं। देशको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ। नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ सेखवानास्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट दुई वर्षीय कृष्ण दुसाधको सोमबार दिउँसो मृत्यु भएको छ।

युपि ५६ एम ६४३६ नम्बरको मोटरसाइकलले बाटोमा खेलिरहेको अवस्थामा उनलाई ठक्कर दिएको हो। ठक्करपछि गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चौपत्ता हुँदै मेडिकल केयर भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो।

प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका-१० किलमा सडकबाट करिब तीन सय मिटर तल खस्दा ग.२ च २८१७ नम्बरको जीप चालक सोमप्रसाद शेरचनको मृत्यु भएको छ।

मुस्ताङको कुञ्जो घर भएका उनको घटनास्थलमै मृत्यु भएको हो। रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ गढि टोलमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

लु.२१ प ३८१२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ४५ वर्षीय सुरेन्द्र केशरीको सोमबार राति मृत्यु भएको हो।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।

धनुषाको जनकपुर उपमहानगरपालिका-८ बजरंग चोकमा एउटा मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

ज.१० प ८२२९ नम्बरको मोटरसाइकलले ज.१३ प २०९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकलका चालक शम्भुकुमार रजकको मृत्यु भएको हो।

मृत्यु भएका रजक मिथिला बिहारी नगरपालिका-४ कजरा रमौलका हुन्।

चितवनको माडी नगरपालिका-९ बगही बसपार्कमा ट्रकको ठक्करबाट सोही ठाउँ बस्ने बिजय दुराकी छोरी ६ वर्षीया खुस्बु दुराको मृत्यु भएको छ।

ठोरीबाट बसन्तपुरतर्फ जाँदै गरेको ना. ५ ख ६७७९ नम्बरको ट्रकले उनलाई मङ्गलबार दिउँसो ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्