काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिका-३, पछैउरीका बलजित बोहराको कच्ची घर र भान्सा घरमा सोमबार बिहान आगलागी भएको छ।
आगलागी हुँदा करिब २९ लाख ११ हजार ४०० रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीमा परी सामान्य घाइते भएका सोही ठाउँ बस्ने ३४ वर्षीया रीता बोहरासमेत चारजनाको स्वास्थ्यचौकी लिम्सामा उपचार भइरहेको छ।
यस्तै सर्लाहीको बसवरिया गाउँपालिका-३ मन्दिरवाका बिनदेश्वर रायको फुसको घर र गोठमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर नष्ट भएको छ।
प्रहरीका अनुसार आगलागीबाट करिब तीन लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
" /> काठमाडौं। जाजरकोटको बारेकोट गाउँपालिका-३, पछैउरीका बलजित बोहराको कच्ची घर र भान्सा घरमा सोमबार बिहान आगलागी भएको छ।आगलागी हुँदा करिब २९ लाख ११ हजार ४०० रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

">