कैलाली। भजनी नगरपालिका–८, जनकपुरका ११ वर्षीय स्केल चौधरी सधैँझैं साउन १४ गते पनि बाजेको पसलमा थिए।
अघिल्लो रातिबाटै वर्षा निरन्तर भइरहेको थियो। वस्तीहरू डुबिरहेका थिए।
घडीले बिहानको करिब ११ बजाउँदै थियो।
बाजेलाई स्केलले आफ्नो घर जान्छु भने।
वस्तीहरू डुबानमा परेकाले बाजेले ‘पानी परिहेको बेला यस्तो बेला नजा’ भने। तर, स्केलले मानेनन्।
उनलाई के थाहा, त्यो दिन नै उनका लागि अन्तिम हुन्छ भन्ने।
सधैँ आउजाउ गर्ने उनलाई बाढीले बगाउला भन्ने लागेकै थिएन।
तर, वस्ती पसेको पथरैया र काढा नदीको बाढीले उनलाई आफूसँगै बगाएर लग्यो।
स्थानीय युवा ट्रयाक्टरको ट्युब लिएर बचाउन नखोजेका होइनन्।
तर, सो क्षेत्रसम्म पुग्नै गाह्रो पर्यो। उनीहरूलाई लाग्छ, मोटरबोट भएको भए स्केलको ज्यान बचाउन सकिन्थ्यो।
स्थानीयवासीले स्केल बगेको हेर्नु बाहेक केही गर्न सकेनन्।
त्यही दिन सोनाफाटका ईश्वर शाह र चक्रबहादुर विकलाई पनि बाढीले बगायो।
“मोटरबोट भएको भए उनीहरूलाई बचाउन सकिन्थ्यो,” नेपाल रेडक्रस सोसाइटी कैलालीका सभापति उत्तम जोशीले भने, “हामी त्यहीँ थियौं, उनीहरू बगेको देखे पनि बचाउन सकेनौं।”
जनकपुर र सोनाफाटा बाढीको जोखिमयुक्त क्षेत्र हो। हरेक वर्षझैं बाढी वस्ती पसेर बितण्डा मच्चाउने गरेको छ।
बाढी आउनुपूर्व साउन ११ गते पूर्वतयारी भन्दै विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत् नेपाली सेना र सशस्त्र प्रहरीलाई दुई/दुई थान मोटरबोट दिएको थियो।
तर, मोटरबोट भने बाढी प्रभावित क्षेत्रमा पुगेन।
डब्ल्यूएफपीका सुदूरपश्चिम प्रमुख रविन्द्र चन्द गत बिहीबार बाढीपीडित क्षेत्रको अवलोकन गर्न जाँदा मोटरबोट नदेखेपछि उनले यसबारे जानकारी मागेका थिए।
.jpg)
त्यसपछि नेपाली सेना र सशस्त्र प्रहरीको एक/एक वटा मोटरबोट सो स्थानमा पुगेको थियो।
चन्दलाई मोटरबोट बाढीपीडित क्षेत्रमा नै रहेको भनेर गलत सूचना दिइएको थियो।
स्थानीयवासीले मोटरबोट भएको भए कसैको ज्यान नजाने भन्दै आक्रोश पनि पोखेका थिए।
जिल्ला दैवी प्रकोप उद्धार समिति अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरालाई सो स्थानमा पानी कम भएकाले मोटरबोट चलाउन नसकिने भन्दै सुरक्षा निकायले जानकारी गराएका थिए।
“मैले जानकारी माग्दा पानी कम भएकाले उक्त स्थानमा मोटरबोट चलाउन नसकिने जानकारी दिइएको थियो,” उनले भने।
" /> कैलाली। भजनी नगरपालिका–८, जनकपुरका ११ वर्षीय स्केल चौधरी सधैँझैं साउन १४ गते पनि बाजेको पसलमा थिए।अघिल्लो रातिबाटै वर्षा निरन्तर भइरहेको थियो। वस्तीहरू डुबिरहेका थिए।

">