यस वर्ष यसरी मनाइनेछ अन्तर्राष्ट्रिय युवा दिवस
काठमाडौं। अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ।

विगतका वर्षहरूमा झैँ भौतिकरूपमै उपस्थित भएर कार्यक्रम गर्न सहज परिस्थिति नभएकाले यस वर्ष धेरै कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्ने राष्ट्रिय युवा परिषदले जनाएको छ।

पत्रकार सम्मेलन गर्दै परिषद्ले कार्यक्रमहरू सार्वजनिक गरेको छ।

निबन्ध लेखन प्रतियोगिता साउन २३ गते, दिवसको नारा शीर्षकमा भिजन प्रतियोगिता साउन २५ गते हुनेछ।

कार्यक्रम एसओएस सभाहल सानोठिमी भक्तपुर र भर्चुअल विधिबाट हुने परिषद्ले जनाएको छ।

त्यस्तै बृहत रक्तदान कार्यक्रम साउन २४ गते काठमाडौं महानगरपालिका–७ चाबहिल चोक र वडा न. १४ माई मन्दिर परिसरमा गरिने भएको छ।

सोही दिन सूर्यविनायक नगरपालिका-५ मा वृक्षारोपण कार्यक्रम गरिनेछ।

भोजन सेवा कार्यक्रम साउन २६ गते मानव कल्याण समाज सेवा घर चाँगुनारायण नगरपालिका भक्तपुरमा, कोभिड-१९ लक्षित स्वयंसेवकलाई अभिमुखीकरण साउन २५–२७ गतेसम्म भर्चुअल माध्यमबाट हुने परिषद्को भनाइ छ।

युवा संवाद कार्यक्रम साउन २८ गते नेपाल टेलिभिजनमार्फत् युवाका लागि सन्देश प्रधानमन्त्री र युवा तथा खेलकुदमन्त्रीले दिने कार्यक्रम रहेको युवा परिषद्को भनाइ छ।

विश्वका विभिन्न मुलुकमा सन् २००० देखि मनाउँदै आइएको युवा दिवस नेपालमा सन् २००४ देखि मनाउन थालिएको हो।

प्रतिक्रिया दिनुहोस्