छाँगोबाट शव झिक्न सकिएन, प्रयास जारी
<p>काठमाडाैं। सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका-२ बरुवामा एक जनाको शव फेला परेको छ। सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए।</p>
<p> उनी यही साउन १९ गतेदेखि हराइरहेका थिए। उनको शव आज छहरे खत्कुलो छाँगोमा देखिएको वडाध्यक्ष लामाले बताए। छाँगो ठूलो भएकाले शव निकाल्न गाह्रो भएको स्थानीयवासीको भनाई छ। अहिले शव कसरी झिक्न सकिन्छ भनेर स्थानीयवासी लागिपरेका छन्।</p>
<p> </p>
<p>रासस</p>
प्रतिक्रिया दिनुहोस्
