कैलाली। धनगढीमा स्थापित नेपालकै पहिलो महिला होल्डिङ सेन्टर र आइसोलेसनका लागि धनगढीका मिश्र दम्पतिले खाद्यान्न सहयोग गरेका छन्। धनगढीमा रहेको मिश्र जनरल स्टोरका संचालक खेमराज मिश्र र उनकी धर्मपत्नी कुर्मा मिश्रले एक महीनाका लागि खाद्यान्न सामाग्री सहयोग गरेका हुन्।

यसअघि पनि डडेल्धुरामा पीसीआर मेशिन स्थापनका लागि मिश्र दम्पतिले एक लाख रूपैयाँ सहयोग गरेका थिए भने धनगढी सुपर मार्केटमा रहेका व्यापारीहरूका सटर भाडा समेत छुट गरेका थिए।
एक जना गर्भवतीसहित ९ जना महिला, २ जना बच्चा, २ जना स्टाफ नर्स र अन्य गरि १८ जना रहेको उक्त आइसोलेसनमा आउने महिलालाई सम्पूर्ण स्वास्थ्य सुविधासहित खाना र बास नि:शुल्क रूपमा उपलब्ध गराउँदै आएको धनगढी उपमहानगरपालिकाका कोभिड संयोजक नारायण बरालले बताए।
" /> कैलाली। धनगढीमा स्थापित नेपालकै पहिलो महिला होल्डिङ सेन्टर र आइसोलेसनका लागि धनगढीका मिश्र दम्पतिले खाद्यान्न सहयोग गरेका छन्। धनगढीमा रहेको मिश्र जनरल स्टोरका संचालक खेमराज मिश्र र उनकी धर्मपत्नी कुर्मा मिश्रले एक महीनाका लागि खाद्यान्न सामाग्री सहयोग गरेका हुन्।

">