काठमाडौं। भारतको श्रीनगरमा दुई दिने कर्फ्यू लगाइएको छ। जम्मु-काश्मिरको विशेष दर्जा अन्त्य भएको एक वर्ष पुगेको अवसरमा विरोध प्रदर्शन हुने आशङ्का गरिएको छ। श्रीनगर प्रशासनले सोमबार नै ४ र ५ अगस्टका दिन निषेधाज्ञा घोषणा गरेको हो।
गत वर्ष ५ अगस्टका दिन नरेन्द्र मोदीको केन्द्र सरकारले जम्मु-काश्मिरलाई विशेष दर्जा दिने संविधानको अनुच्छेद ३७० लाई निष्प्रभावी गरेको थियो। साथै, जम्मु-काश्मिरलाई दुई केन्द्र शासित प्रदेशमा विभाजितसमेत गरिएको थियो।
मोदी सरकारको उक्त फैसलाको सर्वत्र विरोध भएको थियो। काश्मिरका प्रमुख पार्टीका साथै भारतका कतिपय विपक्षी दलले यसको विरोध गरेका थिए।
श्रीनगरका जिल्लाधिकारीका तर्फबाट जारी गरिएको आदेशमा भनिएको छ, ‘‘कतिपय जासुसी संयन्त्रबाट जानकारी आएको छ कि विखण्डनकारी र पाकिस्तान समर्थित समूह ५ अगस्टका दिन कालो दिवस मनाउने योजनामा छन्। यस्तोमा ठूलै विरोध प्रदर्शन हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। ५ अगस्टका दिन हिंस्रक प्रदर्शन हुने सूचना छ, जसबाट धनजनको नोक्सान हुन सक्छ।’’
२ दिन श्रीनगरमा मानिसको आवागमनमा पूरै प्रतिबन्ध लगाइने छ। प्रशासनले कर्फ्यूलाई कोभिड-१९सँग पनि जोडेको छ। ठूलो संख्यामा मानिस जम्मा हुनाले कोरोना सङ्क्रमण फैलन सक्छ।
आदेशमा कर्फ्यूको समयमा मेडिकल इमर्जेन्सीलाई छुट दिइने छ। काश्मिर घाटीमा सोमबार नै अचानक कडा प्रतिबन्ध देखिएको थियो। त्यहाँका अधिकारीहरू भने कोरोनाबाट बच्न यस्तो व्यवस्था गरेको बताइरहेका थिए।
(बीबीसी)
" /> काठमाडौं। भारतको श्रीनगरमा दुई दिने कर्फ्यू लगाइएको छ। जम्मु-काश्मिरको विशेष दर्जा अन्त्य भएको एक वर्ष पुगेको अवसरमा विरोध प्रदर्शन हुने आशङ्का गरिएको छ। श्रीनगर प्रशासनले सोमबार नै ४ र ५ अगस्टका दिन निषेधाज्ञा घोषणा गरेको हो।गत वर्ष ५ अगस्टका दिन नरेन्द्र मोदीको केन्द्र सरकारले जम्मु-काश्मिरलाई विशेष दर्जा दिने संविधानको अनुच्छेद ३७० लाई निष्प्रभावी गरेको थियो। साथै, जम्मु-काश्मिरलाई दुई केन्द्र शासित प्रदेशमा विभाजितसमेत गरिएको थियो।

">