कैलाली। सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनयबहादुर सिंहको शव फेला परेको छ।
सिंहको शव बेपत्ता भएको स्थानबाट करिब एक किलोमिटर पर भेटिएको प्रहरीले जानकारी दिएको छ।
शिखर नगरपालिकाको बान्डुंग्रीसैनको सेती किनारमा स्थानीयले शव फेला पारेको डोटीका प्रहरी उपरीक्षक जनकराज पाण्डेले बताए। उनले सिंहको केहीबेर अघि शव भेटिएको खबर आएको बताए।
यसअघि आइतबार डडेल्धुराको परशुराम नगरपालिका-१ घर भएका ल्याब असिस्टेन्ट हरिश जोशीको शव डोटीको केआईसिँह गाउँपालिकाको नारीदाङमा फेला परेको थियो।
शनिबार शैलेश्वरी मन्दिरको दर्शन गर्न बिहान डडेल्धुराबाट डोटी गएका उनीहरु दर्शनपछि फर्कदै गर्दा सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए।
" /> कैलाली। सेती नदीमा नुहाउने क्रममा शनिबार दिउँसो बेपत्ता भएका डडेल्धुरा अस्पतालमा कार्यरत बझाङ स्थायी घर भएका हेल्थ असिस्टेन्ट विनयबहादुर सिंहको शव फेला परेको छ।सिंहको शव बेपत्ता भएको स्थानबाट करिब एक किलोमिटर पर भेटिएको प्रहरीले जानकारी दिएको छ।

">