काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-६ बस्ने धर्म श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा चारजनालाई एक लाख ८ हजार ५५० रूपैयाँ र १६ वटा कौडासहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका-६ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका-३ घर भएका ३२ वर्षीय पुरन श्रेष्ठसमेत चारजनालाई कौडा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
यस्तै बाजुराको गौमुल गाउँपालिका-४ बिज्याढुंगा बस्ने केशव रोकायाको पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कलक रोकाया समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूबाट आइतबार राति प्रहरीले ५१ हजार २३५ रूपैयाँ र १ गड्डी तास समेत बरामद् गरेको छ।
उक्त पसलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौमुलेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौंको टोखा नगरपालिका-६ बस्ने धर्म श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा चारजनालाई एक लाख ८ हजार ५५० रूपैयाँ र १६ वटा कौडासहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले टोखा नगरपालिका-६ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका-३ घर भएका ३२ वर्षीय पुरन श्रेष्ठसमेत चारजनालाई कौडा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

">