रौतहट। राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका १६ वर्षीय वीरबन्धु राय यादवको करेन्ट लागेर मृत्यु भएको छ।
छिमेकी मिश्रीलाल यादवको मोटर जडान भएको कलको धारामा पानी खानको लागि कल चलाउने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो।
यसैगरी गौर नगरपालिका–६ सबगढा टोलकी दुई वर्षीया आकृतीकुमारी साहको करेन्ट लागेर आइतबार मृत्यु भएको छ।
आफ्नै घरमा खेल्ने क्रममा अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> रौतहट। राजदेवी नगरपालिका–८ लक्ष्मीपुरका १६ वर्षीय वीरबन्धु राय यादवको करेन्ट लागेर मृत्यु भएको छ।

">