काठमाडौं। काठमाडौं, पर्सा र भोजपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-७ कालोपुलस्थित बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा चालक काठमाडौं महानगरपालिका-७, चाबहिल बस्ने दोलखा घर भएका ३० वर्षीय तसी शेर्पाको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो।
पर्साको धोबिनी गाउँपालिका-५ जगरनाथपुर टोलस्थित सडकमा बा.१२ प ७३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका–३ बिजवनिया बस्ने ३० वर्षीय कालु तिवारीको मृत्यु भएको छ।
दुर्घटनामा घम्भीर घाइते भएका उनको उपचारको लागि पोखरिया अस्पताल हुँदै थप उपचारको लागि नेशनल मेडिकल कलेजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
भोजपुरको आमचौक गाउँपालिका–३ हाँगातुङस्थित सडकमा प्रदेश नम्बर १–०२–००३ त ५८८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई करिब ३०० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा चालक दिसङला बस्ने २८ वर्षीय दीपक कुँवरको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी बलंखामा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौं, पर्सा र भोजपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।काठमाडौं महानगरपालिका-७ कालोपुलस्थित बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा चालक काठमाडौं महानगरपालिका-७, चाबहिल बस्ने दोलखा घर भएका ३० वर्षीय तसी शेर्पाको मृत्यु भएको छ।

">